काठमाडौं । उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि त्यसबारेमा छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान पदाधिकारीको बैठक बोलाएका हुन्।
उपाध्यक्ष महरालाई ९ किलो सुन तस्करी प्रकरणमा सोमबार कपिलवस्तुबाट सिआइवीले पक्राउ गरेको थियो। उनलाई चार दिन थुनाम राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले चार दिन समय दिएको छ।
प्रकाशित मितिः २०८० चैत्र ५ सोमबार
Comments