काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको छ । प्रहरीले रायमाझीलाई हिरासतमा रखेर अनुसन्धान अगाडि बढाउन म्याद थप गर्नका लागि जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय लैजाँदै गर्दा रायमाझीले हात हल्लाएका थिए ।
प्रकाशित मितिः २०८० जेठ ०१ सोमबार
Comments