काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएकाे प्रहरीकाे उच्च स्राेतले जानकारी दिएकाे छ ।
विगत केही दिनदेखि जोडतोडका साथ खाँणको नाम पनि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाएर ठगी गरेको आरोप लाग्दै आएको थियो ।
यस प्रकरणमा हिजो थप दुईजना शंकास्पद व्यक्तिहरू पक्राउ परेको र उनीहरूकै बयानको आधारमा सोधपूछका लागि प्रहरीले खाँणलाई नियन्त्रणमा लिइएको बताइएको छ । यही केशमा एमालेका सचिव टोपबहादुर रायमाझ भने अझै फरार छन् ।
प्रकाशित मितिः २०८० बैशाख २७ बुधबार
Comments