काठमाडौं । योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल मधेस प्रदेश समितिले विभिन्न ५ सूत्रीय मागसहित मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको वाइसिएल नेपाल मधेस प्रदेशका इन्चार्ज अनिलकुमार पासवानले जानकारी दिए ।
ज्ञापनपत्रमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रकाविरुद्ध केही अमुक प्रतिगामी शक्तिहरूले अस्वाभाविक तरिकाले गरिरहेको गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता षड्यन्त्रकारी व्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरूको नियन्त्रण गर्न र संविधानको रक्षा विकास र व्यवस्थाको सुदृढीकरणको लागि नेपाल सरकार समक्ष माग गरिएको छ ।
प्रकाशित मितिः २०७९ फागुन ३० मंगलबार
Comments