काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन्। मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो।
मंगलबारबाट काठमाडौँमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताए।
अध्यक्ष ओलीले भने, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो। तर कति देशहरूले मृत्युदण्ड दिइरहेका छन्।
संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेसनले कुनै प्रकारको विभेद हुँदैन भन्छ।’ उनले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
प्रकाशित मितिः २०७९ फागुन ३० मंगलबार
Comments