काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ । रास्वपाका सांसद मनिष झाले विगतमा आलंकारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना व्यहोर्नपरेको स्मरण गर्दै उनले अब त्यस्तो नहुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ ।’
उनले रास्वपाले राष्ट्र प्रमुखको चयनमा सहभागी हुन पाउनु ठूलो अवसर र विशेष परिस्थिति भएको बताए । ‘५ वर्षका लागि राष्ट्राध्यक्षको चयनमार्फत फरक रेखा कोर्ने अवसरमा सहभागी हुन पाउनु हाम्रो पार्टीका लागि ठूलो अवसर र विशेष परिस्थिति हो । यसले थप जिम्मेवारीबोध भएको छ,’ उनले भने ।
राजनीतिक निर्णय गर्दा संख्यात्मक र सैद्धान्तिकरूपमा निर्णय गर्नुपर्ने भए तापनि विगतमा हाम्रो हतारमा समीकरण बनेकाले सहमति टिकाउन नसकिएको उनको भनाइ छ । उनले भने, ‘विगतमा हाम्रो हतारमा समीकरण बनेकाले टिकाउन सकिएन । अहिले परिस्थितिको विश्लेषण गरी गहन छलफल र स्वमूल्यांकन गरेर हामी निर्णयमा पुगेका हौं ।’
प्रकाशित मितिः २०७९ फागुन २५ बिहिबार
Comments