काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीले जानकारी दिइन् ।
राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मतदान भएको छ । राष्ट्रपतिमा रामचन्द्र पौडैल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेल कांग्रेसबाट सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् भने नेम्वाङ एमालेका उम्मेदवार हुन् ।
प्रकाशित मितिः २०७९ फागुन २५ बिहिबार
Comments