काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध विभिन्न प्रमाण उपलब्ध गराएको छ । जबराविरुद्ध लगाइएको महाभियोग महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरू उपलब्ध गराएको हो ।
एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न ३४ वटा बुँदा समेटिएको छ । नेपाल बार एसोसिएसनले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो भने महाभियोग लगाइएको विरोधमा स्वागत गरेको थियो ।
समितिले यसअघि जबरा विरुद्धको प्रमाण माग गर्दै बारलाई पत्राचार गरेको थियो भने स्वयम् जबरालाई पनि भदौ १५ गते छलफलका लागि बोलाइएको छ ।
प्रकाशित मितिः २०७९ भदौ १२ आइतबार
Comments