काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ’लौरो’ चिन्ह लिएर उठ्नेहरुले आज उम्मेदवारी घोषणा गर्न लागेका छन् । स्वतन्त्र तथा वैकल्पिक शक्तिको तर्फबाट पहिलो चरणको उम्मेदवारी घोषणा कार्यक्रम राखिएको हो ।
ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा अपरान्ह साढे ३ बजे घोषणा कार्यक्रम हुने छ । आज उम्मेदवारी घोषणा गर्ने स्वतन्त्रहरुले ‘लौरो‘ चिन्ह लिएर निर्वाचन लड्ने तयारी गरेका छन् ।
प्रकाशित मितिः २०७९ भदौ १२ आइतबार
Comments