काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि भोलि पुनः भारत भ्रमणमा जाने भएको छ। गत साउनको २२ गते मात्रै भ्रमण सकेर फर्किएका उनी फेरि एक साताको लागि जान लागेको हो ।
काँग्रेसको पूर्व उपसभापति समेत रहनु भएका निधि निर्वाचन नजिकिँदै गर्दा तारन्तार उतै जानुमा विभिन्न अड्कलवाजी भइरहेका छन् । उनको यस भ्रमणमा राजनीतिक भेटघाट पनि हुन सक्ने बताइएको छ ।
श्रोतका अनुसार निधि भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा रामको धनुष राख्न जान लागेको भनिए पनि उनको भ्रमण धार्मिक भ्रमण मात्र नहुने अड्कल गरिएको छ।
प्रकशित मितिः २०७९ भदौ ०८ बुधबार
Comments