काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताएका छन्।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने बताएका हुन् ।
पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाइ छ । उनले माओवादी केन्द्रसँग चुनाव अघि एकताको सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए।
प्रकाशित मितिः २०७९ भदौ ०७ मंगलबार
Comments