काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काङ्ग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आउने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काङ्ग्रेस र कम्युनिस्ट विरूद्द एकजुट हुनुपर्ने बताएका हुन् ।
नेपाली जनता जो ३ दशकदेखि काङ्ग्रेस कम्युनिस्टको चक्रब्यूहमा फसेको उनले बताए । उनले मुलुकलाई चक्रब्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिह्नलाई साझा चुनाव चिह्नका रुपमा उपयोग गर्न समेत प्रस्ताव गरेका छन् ।
भ्रष्ट नेतालाई विस्थापित गर्न चुनाव सबैभन्दा राम्रो मौका भएको अध्यक्ष लिङ्देनले बताए ।
प्रकाशित मितिः २०७९ साउन २८ शनिबार
Comments