। कुमार प्याकुरेल ।
दैलेख, ५ वैशाख । नारायण नगरपालिकामा आसन्न स्थानिय तहको निर्वाचनमा आफ्ना उम्मेद्वार छान्न सकस परेको छ ।
१९ बर्ष पछि हुन गईरहेको स्थानिय तहको निर्वाचनको लागि जिल्लामा उम्मेदवारहरूको चोक चोकमा चिया पसलमा अहिले निकै नै अड्कलबाजी चलिरहेको छ । नगरमा नगर प्रमुख पदको लागि ३ जना आंकाक्षी रहेका छन् । जसमा मणिराम रेग्मी, भुपेन्द्र शाही र खड्ग बहादुर सिजापति रहेका छन् । यस्तै, उप प्रमुखमा ४ जना आंकाक्षी रहेका छन् । जसमा मोहनमाया प्याकुरेल, प्रभा सिजापति, निर्मला थापा र बासना थापा रहेका छन् ।
यसैगरी वडा नम्बर १ मा बिनोद कुमार श्रेष्ठ, बलराम श्रेष्ठ र याम बहादुर मल्ल रहेका छन् भने ६ नम्बर वडामा बालकृष्ण प्याकुरेल, गणेश कुमार बिशि, गोबिन्द प्याकुरेल, प्रकाश न्यौपाने रहेका छन् । जिल्लामा नेतृत्वहरुलाई सबैलाई मिलाएर जान यती बेला हम्मे हम्मे परेको छ ।
सर्वसम्मतको प्रयास भईरहेको र १० गते सम्ममा सबै वडादेखि नगर सबै टुङ्गिने बताउँछन् जिल्ला सभापति कृष्ण कुमार बिशि ।
जिल्लामा लामो समयदेखि पार्टीको राजनितिमा होमिएका पार्टीमा हरेक गतिबिधिहरूमा सामेल भएको ईमान्दार ब्यक्तिलाई उम्मेद्वार छान्नु पर्ने बताउँछिन् उप प्रमुख पदकि दावेदार मोहनमाया प्याकुरेल । उनी भन्छिन्, नेतृत्वले उचित मुल्याङ्कन गरोस् कसलाई बनाउँदा उपयुक्त हुन्छ अनि पछि गएर पछुतो समेत नरहोस् ।
हाम्रालाई भन्दा राम्रालाई उम्मेद्वार बनाउन र केही पुरानो जसले विपिको समाजबादलाई जानेको होस् । जसमा राजनितिक सस्कार होस्, जसको स्पष्ट भिजन होस्, त्यस्ता खालका उम्मेद्वार छान्न नेतृत्वलाई आग्रह गर्छिन अर्की उपमेयरका प्रत्यासि प्रभा सिजापतिल ।
नारायण नगरपालिका दैलेखमा काग्रेस उम्मेद्वार छान्न सकस
0
Share.
Comments