काठमाडौं । आजबाट सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको केही बेरमै स्थगित भएको छ । दिउँसो २ बजेबाट संघीय संसदमा बैठक सुरु लगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । संसदको अघिल्लो अधिवेशनमा पनि एमालेले यस्तै अवरोध गरेको थियो ।
सभामुख अग्नि प्रसाद सापकोटाले सदन सुचारु सञ्चालनको निम्ति आग्रह गरे पनि एमालेले बिरोध जारी राखेको छ । यसैबीच सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई यसअघि सरकारले जारी गरेको विभिन्न अध्यादेश पेश गर्न आदेश दिएको छ ।
मन्त्री बडुले एमालेको बिरोधका बाबजुद पनि रोष्ट्रमबाट अध्यादेशहरु संसदसमक्ष पेश गरेको छ । सभामुखले प्रतिनिधिसभाको बैठक आगामी पुस ६ गतेसम्मको लागि स्थगित गरेका छन् ।
प्रकाशित मितिः २०७८ मंसिर २८ मंगलबार
Comments