काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मंगलबार साँझ ५ बजे सपथ गर्ने गरी मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
पाण्डेको मन्त्रिपरिषद्मा माओवादी केन्द्रका सांसद विशाल खड्का, रत्न ढकाल र घनश्याम दाहालले सपथ लिन लागेको एक सांसदले बताए। कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा बेलुका मात्रै टुंगो लाग्ने ती सांसदले बताए।
माओवादी केन्द्रबाट यसअघि आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल र कुमारी मोक्तान सामाजिक विकास मन्त्री भइसकेकी छिन्।
प्रकाशित मितिः २०७८ मंसिर २८ मंगलबार
Comments