भक्तपुर । अखिल निर्माण मजदुर संघका केन्द्रिय अध्यक्ष अमित लोकचनले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषले बास्तबिक श्रमिकलाई समेट्न नसको गुनासो गरेका छन् ।
नेकपा माओवादी केन्द्रको भातृसँगठ अखिल निर्माण मजदुर संघ भक्तपुरको छैंठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै लोपचनले नेपालमा सामाजिक सुरक्षा कोष श्रमिकका लागि हालसम्म पनि लागू हुन नसकेको उनले बताए ।
रफत सञ्चाल क्लबमा आयोजित सम्मेलनमा उनले भने, बिश्वलाई निर्माण गर्ने मजदुरको श्रमको सम्मान जहिल सम्म हुन सक्दैन तब सम्म हरेक श्रमिक आफ्नो हक अधिकारबाट बञ्चित रहनु पर्ने भएकाले श्रमिकको हकअधिकारका लागि आफूहरु हरपल लागिरहने छौं ।
रोशन लामाको.नेतृत्वमा सम्मेलनले १७ सदस्यीय कमिटी गठन गरेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २८ मंगलबार
Comments