काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तीन तहको चुनावको तयारीमा लागेको बताएका छन् । उनले आसन्न चुनावबाट देश बनाउन एकल बहुमत ल्याउने बताए ।
चितवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आफूले गरेको संसद विघटन सही कदम भएको जिकिर गरे । अध्यादेश, परमादेशबाट सरकरा फेरिँदा असंवैधानीक संस्कार बसेको भन्दै उनले आफूहरुले जनादेशमा जान आग्रह गर्दा अरु राजनीतिक दल त्रसित भएको बताए ।
नेकपा एमाले देशको सबैभन्दा ठूलो र जनताले मन पराएको पार्टी भएको भन्दै उनले पार्टीले राणा, पञ्चायत, निरकुंश राजतन्त्र फ्याँकेर देशलाई अँध्यारोबाट निकालेको बताए ।
समृद्ध नेपाल र सुखी नेपाली बनाउने, राजनीतिक, आर्थिक तथा सामाजिक समस्या समाधान गर्ने ऐतिहासिक अभिभारा पार्टीले बोकेको बताए । पार्टीले संघर्ष र बलिदानको ७२ वर्ष पार गरेको भन्दै आमरुपमा सफलताको सिँढी चढेको बताए ।
प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार
Comments