काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आजकै मितिबाट लागु हुनेगरी फिर्ता लिएको छ ।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको पत्र संसद सचिवालयलाई बुझाएको छ ।
मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो ।
पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको माओवादीका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।
माओवादी केन्द्रले बुझाएको पत्र
प्रकाशित मितिः २०७८ बैशाख २२ बुधबार
Comments