काठमाडौं । गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै छ । गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।
प्रेमकथा देखाइएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाङ्कन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियोलाई मणीले निर्देशन गरेका हुन् ।
युवा वर्गलाई लक्षित गरी तयार गरिएको गीतमार्फत् सुपरस्टार इन्टरटेनमेन्टु सांगीतिक क्षेत्रमा पुनस् सकृय बनेको छ । एकसमय सुपरहिट गीत दिएको सुपरस्टारले लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको हो ।
प्रकाशित मितिः २०७७ फागुन १६ आइतबार
Comments