काठमाडौं । लामो समयको लकडाउन पछि केहि देशले सिनेमाघर खोल्ने प्रकिया शुरु गरेका छन् । कतिपयले लकडाउन खुल्ने बित्तिकै भारतीय चलचित्र प्रदर्शन गर्ने निर्णय समेत गरेका छन् ।
त्यसैक्रममा आगामी महिना बलिउडका प्रख्यात अभिनेता ऋतिक रोशनको हिट फिल्म सुपर ३० नेदरल्याण्डमा रिलिज हुने भएको छ । सुपर ३० को निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टले ट्वीटमा यस कुराको पुष्टि गरेको छ ।
रिलायन्स इन्टरटेनमेन्टले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टको माध्यमबाट सुपर ३० चलचित्र आउँदो महिना नेदरल्याण्डको सिनेमाघरमा रिलिज हुने बताएको हो ।
सुपर ३० मा ऋतिक रोशन मुख्य पात्रको भूमिकामा रहेका छन् साथै मृणाल ठाकुर, पंकज त्रिपाठी, आदित्य श्रीवास्तव र अमित साध मुख्य भूमिका छन् । यस फिल्मको निर्देशन विकास बहलले गरेका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार
Comments