काठमाडौं । बलिउड चलचित्र ‘अंग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता इरफान खान को मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बुधबार सार्वजनिक भएको हो ।
होमी अदजानियाको निर्देशन रहेको चलचित्रमा राधिका मदानले इरफानको छोरीको भूमिका निभाएकी छिन् । फिल्ममा उच्च शिक्षा का लागि लण्डन जान चाहेकी छोरीको सपना पुरा गर्न बुबाले गर्नुपरेको संघर्ष समेटिएको छ ।
फिल्म ‘अंग्रेजी मिडियम’ सन् २०१७ मा आएको ‘हिन्दी मिडियम’ को सिक्वेल हो । चलचित्र ‘अंग्रेजी मिडियम’ आगामी मार्च मा रिलिज हुनेछ ।
प्रकाशित मितिः २०७६ फागुन ०१ बिहीबार
Comments