काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चन संख्या बढाउनका लागि फिल्म गर्दैनन् । उनी निकै सोचेर र समझदारीपूर्वक फिल्म छान्ने गर्दछन् । उनलाई फिल्ममा लिन कति मुश्किल हुन्छ भन्ने निर्देशक आर बाल्किको कुराबाट बुझ्न सकिन्छ । उनले अमिताभसँग तीन फिल्ममा काम गरिसकेका छन् । तर, उनलाई कुनै फिल्ममा कास्ट गर्न निकै गाह्रो हुने निर्देशक बाल्कि बताउँछन् ।
बाल्किले भनेका छन्, ‘तपाईं अन्तिम समयसम्म यो भन्न सक्नुहुन्न कि उहाँले फिल्म साइन गर्नुहुन्छ वा गर्नुहुन्न । उहाँलाई फिल्मका लागि कन्भिन्स गराउन सजिलो छैन ।’ अमिताभसँग बाल्किले फिल्म ‘चीनी कम’, ‘पा’ र ‘शमिताभ’ मा काम गरेका छन् । अमिताभले विश्वास गर्ने निर्देशकमा पर्छन्, बाल्कि । तर, उनी नै अमिताभलाई फिल्ममा साइन गराउन मुश्किल हुने बताउँछन् ।
बाल्कि आफ्नो फिल्म ‘शमिताभ’ को बारेमा भन्छन्, ‘यस्तो लाग्छ कि यो फिल्म हिजो मात्रै फ्लप भएको हो । तर, कुरा सधैं कुनै फिल्म चलोस् वा नचलोस् भन्ने हुँदैन, कयैन् पटक कुरा यस्तो हुन्छ कि तपाईं त्यो सफरको बारेमा के याद गर्नुहुन्छ । ‘शमिताम’ केही यस्तै थियो, जुन पहिल्यै कसैले गरेको थिएन । हुनसक्छ हामी गलत भयौं तर अहिले हामी त्यो अनुभवको याद गर्छौं ।’
‘यो हिन्दी फिल्मको सबैभन्दा महान् आवाजका लागि एक सम्मान थियो र त्यो आवाज मिस्टर बच्चनको हो । मलाई दुःख लागेको छ कि हामीले जुन ट्रिब्यूटसँग फिल्म बनाएका थियौं त्यो अनुसार फिल्म चलेन’, निर्देशक बाल्किले भने । फिल्म ‘शमिताभ’ मा अभिनेता अमिताभ एक फेल एक्टरको भूमिकामा थिए । तर, कमजोर कथावस्तु र प्रस्तुतीका कारण फिल्म भने चल्न सकेन ।
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार
Comments