काठमाडौं । आरती श्रेष्ठको ‘के यो माया हो’ बोलको गीतको सार्वजनिक भएको छ । आईतबार राजधानीमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा रोजि पन्त र निर्जन थापा फिर्चड छन् ।
रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा अस्ट्रेलियामा बसोबास गर्दै आएकी आरती श्रेष्ठको आवाज सुन्न सकिन्छ। भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । ओ. एम. जी इन्टरटेन्मेन्टको ब्यानरमा भिमराज रसाईली, सिर्जना लोहागुन र सरस्वती गौतमले भिडियोमा लगानी गरेका हुन् ।
भक्तपुर दरबfर स्क्वायर र नयाँ बानेश्वरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रणधीर श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् । म्युजिक भिडियो सम्पादनको जिम्मेवारी भने धुर्बराज पराजुली ‘प्रज्जवलित’ले निर्वाह गरेका छन् ।भिडियो:
प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार
Comments