काठमाडाैँ । फागुन ९ गतेदेखि प्रदर्शनीमा आउने भनिएको नायक विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’को प्रदर्शन मिति हेरफेर गरिएको छ । अब, यो फिल्म माघ २४ गतेबाट प्रर्दशन हुँदैछ । यो फिल्मको अफिसयल पोस्टर सार्वजनिक गर्दै माघ २४ गते प्रर्दशन मिति तोकिएको हो ।
विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको फिल्ममा विराज र पूर्व मिस नेपाल निकिता चण्डकको मुख्य भूमिका छ । किड्नी तस्करी कथाको फिल्ममा विराज र निकितासँगै प्रकाश शाह, कामेश्वर चौरसिया, जयनन्द लामा लगायत कलाकारको पनि अभिनय रहेको छ ।
फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । यो फिल्मको प्रदर्शन मिति माघ २४ गतेलाई तय गरेसँगै नायक विपिन कार्कीको ‘सेल्फी किङ्ग’ सँग भिड्ने भएको छ । ‘सेल्फी किङ्ग’को निर्माणपक्षले केही दिन अगाडि नै माघ २४ गतेलाई प्रदर्शन मिति तय गरेको थियो ।
प्रकाशित मितिः२०७६ मंसिर ९ सोमवार
Comments