काठमाडौं ।बलिउडका चर्चित अभिनेता ऋतिक रोशन विश्वभरिकै सबैभन्दा ह्यान्डसम व्यक्तिको सूचीमा परेका छन् । राम्रो अभिनयका साथै आकर्षक शरीर, सुन्दर व्यक्तित्व भएका ‘टप ५ मस्ट ह्यान्डसम म्यान इन द वल्र्ड अगस्ट २०१९’ को सूचीमा परेका छन् भने उनले पहिलो स्थानसमेत हासिल गरेको विभिन्न भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ ।
‘मस्ट ह्यान्डसम म्यान इन द वर्ल्ड अगस्ट २०१९’ को सूचीमा ऋतिकले क्रिस इभान्स, डेभिड बेकह्याम तथा रोबर्ट प्याटिन्सनलगायतलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका छन् । ऋतिकको फिट शरीर अभिनय, एक्सन, डान्स लगायतका सबै विधामा उत्कृष्ट छन् । केही समयअघि उनको मुख्य भूमिका भएको फिल्म ‘सुपर ३०’ ले निकै राम्रो व्यापार गरेको थियो ।
प्रकाशित मितिः २०७६ भदौ १ आइतबार
Comments