काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।
वि सं २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन क्याम्पसमा शास्त्रीय नृत्य गरेकी थिइन् । यस्तै उनले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ काँचो माटोबाट अभिनय यात्रा थालेकी थिइन् । नाटकमा निकै जमेकी उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका चलचित्रहरुमा प्रभावशाली अभिनय गरेकी थिइन् ।
उनले दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनय गरेकी थिइन् । उनका १ छोरा र छोरी छन् । अधिकारीको आजै अन्त्यष्टि गरिने जनाइएको छ ।
प्रकाशित मितिः २०७६ साउन ३२ शनिबार
Comments