काठमाडौँ । बाहुबलीफेम अभिनेता प्रभाषको मोस्ट अवेएटेड फिल्म ‘साहो’ले रिलिज अगावै आफ्नो लगानी सुुरक्षित गरेको छ । पावर प्याक्ड एक्शन फिल्म ‘साहो’मा प्रभाषको अपोजिटमा अभिनेत्री श्रद्धा कपूर छिन् ।
बाहुलबी–२ पछि प्रभाषको रिलिज हुने ‘साहो’लाई दर्शकमाझ निकै क्रेज रहेको छ । फिल्म अगष्ट ३० देखि प्रदर्शनमा आउँदैछ । एक्सनले भरिएको फिल्मको बजेट ३ सय ५० करोड रहेकोमा‘साहो’ ले प्रदर्शन अगावै ३ सय २० करोड कमाइसकेको भारतीय मिडियाले बताएका छन् । मेकर्सले फिल्मको थिएट्रिकल राइट्स ३ सय २० करोडमा बिक्री गरेका छन् । अझै फिल्मको सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन बाँकी छ ।
सुजीतको निर्देशनमा बनेको फिल्ममा मन्दिरा बेदी, नील नितिन मुकेश, जैकी श्राफ,चंकी पाण्डे को पनि मूख्य भूमिका रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २९ बुधबार
Comments