काठमाडौं । गायक धिरज राईको चर्चित गीत ‘तिम्रा नयन’लाई भिडियोमा उतारिएको छ । नायिका तथा अहिलेकी व्यस्त एवं चर्चित नायिका एलिशा राईको अभिनय रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गायक धिरजकै शव्द तथा संगीत बनेको सो गीतको भिडियोमा एलिशालाई मोडल विशाल गुरुङले साथ दिएका छन् । शिभराम श्रेष्ठको छायांकनमा बनेको सो भिडियोलाई विजेश पौडेलले निर्देशन गरेका हुन् भने सम्पादन पनि निर्देशक पौडेलले नै गरेका हुन् ।
प्रकाशित मितिः २०७५ मंसिर १५ शनिबार
Comments