काठमाडौं । मंसिर ७ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘दि कर्मा’ सो दिन रिलिज नहुने भएको छ ।
चलचित्रका निर्माण युनिटले विशेष कारणवश यो चलचित्रलाई माघ ४ गते सारिएको जनाएको छ ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाक बिषय बनाइएको फिल्म जयराज रायले निर्माण गरेका हुन् । रामेश्वर कार्कीको छायांकन रहेको फिल्ममा निशा खतिवडा समेत निर्मात्रीको रुपमा रहेकी छन् ।
भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावानीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
काठमाडौंमा काफिया फिल्म्स र उपत्यकाबाहिर बैङकेटेश इन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’को स्क्रिनप्ले र डाइलग सुशील पोखरेलको हो ।
फिल्म नेपाली र हिन्दी भाषामा समेत तयार हुने निर्देशक श्रेष्ठको भनाई रहेको छ ।
प्रकाशित मितिः २०७५ मंसिर ४ मंगलबार
Comments