काठमाडौं, २५ जेठ । आजबाट सिनेमा घरमा दुईवटा चलिचत्र एक साथ प्रदर्शनमा आएका छन् । किशोर भण्डारीको निर्देशन रहेको चलचित्र ‘चङगा’सँगै टेके पौरखी राईको निर्देशन रहेको ‘मट्टिमाला’ प्रदर्शनमा आएको हो ।
‘मट्टी माला’ मा बुद्धि तामाङसँगै रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वी राई, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय छ । सानो पर्दामा निकै रुचाइएको हैट र मंगलीको जोडीलाई ठूलो पर्दामा पनि दर्शकको साथ मिल्नेमा निर्माण पक्ष आशावादी देखिएको छ । चलचित्रको कथा निर्देशक राई स्वयम्ले लेखेका हुन् ।
‘चङ्गा’ मा बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मीवर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराइलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । टिपिकल गाउँले जीवनको कथा बोकेको यो चलचित्र कमेडी जनरामा निर्माण भएको छ । चलचित्रलाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् । चलचित्रको कथा पनि निर्देशक भण्डारी स्वयम्ले लेखेका हुन् ।
Comments