एजेन्सी १६ फागुन। बलिउड अभिनेत्री श्रीदेवीको दुबईको एक होटलमा भएको मृत्यु झनै रहस्यमय बन्दै गएको छ । अन्तर्राष्ट्रिय मिडियाले लगातर यस घटनाका सम्बन्धमा नयाँ खुलासा गरिरहेको छ । उनको मृत्युको कारण सुरुमा ‘हर्ट एट्याक’ भनिएकोमा पछिल्लो समय पानीमा डुबेर मरेको भनिएको छ ।
दुबई प्रहरीका अनुसार श्रीदेवीले मदिरा पिएकी थिइन् र बाथरुममा सन्तुलन गुमाउँदा बाथटबमा भरिएको पानीमा डुबेर उनको मृत्यु भयो । यो पूरै घटनाक्रममा कैयौं यस्ता प्रश्नहरु छन् जसले यो मृत्युलाई झनै रहस्यमय बनाएका छन् । ती प्रश्नहरु यस्ता छन् ।
१, बोनी कपुर आफ्ना भान्जाको बिहेमा श्रीमती र कान्छी छोरी लिएर दुबई गएका थिए । बिहे सकिना साथ बोनी एकदिनको लागि मुम्बई आए र भोलिपल्टै फेरि श्रीदेवीलाई सरप्राइज दिन भन्दै दुबइ फर्किए । उनी मात्रै एक दिनको लागि दुबई नै नबसेर मुम्बइ किन आए ।
२, डाक्टरहरुले प्रश्न उठाएका छन् ‘यदि बाथटबमा लडेर श्रीदेवीको मृत्यु भएको हो भने उनको शरीरमा कुनै पनि सानोसम्म चोट किन लागेन ।
३, श्रीदेवीले कति मदिरा पिएकी थिइन् जसका कारण उनी अनियन्त्रित भइन् रु किनकि उनका पारिवारिक मित्र अमरसिंहले प्रहरीमा दिएको बयानअनुसार श्रीदेवीले कहिल्यै हार्ड ड्रिंक पिउँदिनथिइन् । उनी वाइन मात्र पिउँथिन् त्यो पनि निकै सीमित मात्रामा ।
४, कसैले श्रीदेवीलाई जबरजस्ती मदिरा ९हार्ड ड्रिंक० पिलाएर बाथटबमा फालेको हुन सक्छ रु
५, बाथरुममा श्रीदेवी जाँदा बाथटबमा पानी किन भरिएको थियो । किनकि सामान्यतया प्रयोगमा नभएका बेला बाथटबमा पानी भरिँदैन टब खाली नै हुन्छ । यदि कोही नुहाउन बाथरुम गएमा त्यतिबेला त्यो व्यक्ति स्वयंले पानी भर्छ ।
६, अनुसन्धानमा थाहा भएअनुसार श्रीदेवी बाथरुममा भेटिएपछि पति बोनी कपुरले सबैभन्दा पहिले डाक्टरलाई फोन नगरी आफ्ना साथीहरुलाई फोन गरेका थिए । पत्नी अचेत भेटिँदा पहिले डाक्टरलाई फोन नगरी बोनीले किन अन्य व्यक्तिलाई फोन गरे ।
७, पोष्टमार्टम रिपोर्टमा बाथटबमा डुबेको भनिएको छ तर यो सजिलै विश्वास गर्न सकिने अवस्था होइन । किनकि त्यो बाथटब थियो कुनै स्विमिङ पुल होइन जहाँ कोही लडेर उठ्न नसकोस् ।
८, भान्जाको बिहे सकिएपछि बोनी भारत फर्किए तर श्रीदेवी आफ्नी बहिनीसँग केही समय बस्न भन्दै दुबईमै बसिन् । यो परिवारले भनेको कुरा हो । तर, श्रीदेवी त्यहाँ बसेको ४८ घण्टासम्म बहिनीलाई भेट्न जानु त परै जाओस् होटलबाट बाहिर समेत निस्किएकी थिइनन् । न त बहिनी उनलाई भेट्न आइन् ।
९, राती ९ बजे यति ठूलो दुर्घटना भएको थियो तर यो खबर आधा रातपछि मात्र किन सार्वजनिक भयो रु त्यतिबेलासम्म यो खबर किन लुकाइयो ।
१०, होटलका कर्मचारीका अनुसार राती साढे १० बजे श्रीदेवीले पानी मागेकी थिइन् । १५ मिनेटपछि उनी पानी लिएर ढोकाको घण्टी बजाउँदा नखुलेपछि उनले होटलको आकस्मिक अलार्म बजाएका थिए । ढोका फोडेर हेर्दा श्रीदेवी बाथरुममा लडेकी थिइन् । त्यतिबेला ११ बजेको थियो । यो पूरै घटनाक्रममा बोनी कपुर पूरै बेपत्ता छन् । उनी यो बेला कहाँ गएका थिए ।
Comments