काठमाडौं, १ भदौ । हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउने दिन नजिकिएसगै गायिका निर्मला भण्डारीले यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर ‘नभने बुढा ऋण लायो’ बोलको तिज गीत सार्बजनिक गरेकी छन् ।
चर्चित लोक गायक तथा सर्जक भगवान भण्डारीको लय तथा शब्द रहेको उक्त गितमा निर्मला भण्डारीको स्वर रहेको छ । आशिष म्यूजिक प्रालिले उत्पादन गरेको उक्त गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।
शंकर बिसीको निर्देशनमा उक्त गीतको म्यूजिक भिडियो समेत तयार भएको छ । म्युजिक भिडियोमा गायिका निर्मला भण्डारी र मोडल करिश्मा ढकालको अभिनय रहेको छ ।
गायिका निर्मलाले ल्याइन् तिजको कोसेली ‘नभने बुढा ऋण लायो’ (भिडियो सहित)
0
Share.
Comments