काठमाडौं । निर्देशक एसएस राजामौलीले अर्को फिल्म घोषणा गरेका छन्। ‘बाहुबली’ र ‘आरआरआर’को सफलतापछि निर्देशकले नयाँ प्रोजेक्टबारे खुलासा गरेका छन्। फिल्मको शीर्षकसँगै उनले कथा पनि सार्वजनिक गरेका छन्।
यसपटक एसएस राजामौली भारतीय सिनेमाको कथा बताउने कथामा काम गरिरहेका छन्। फिल्मको शीर्षक ‘मेड इन इन्डिया’ हो, जुन बायोपिक हो। फिल्मलाई राजामौलीका छोरा एसएस कार्तिकेय र वरुण गुप्ताले निर्माण गर्दैछन्। एसएस राजामौलीले सेप्टेम्बर १९मा आधिकारिक ट्विटर ह्यान्डलमा ‘मेड इन इन्डिया’ को भिडियो साझा गरे।
यससँगै उनले क्याप्सनमा भनेका छन्, ‘जब मैले पहिलो पटक फिल्मको कथा सुनेँ, तब म भावनात्मक रूपमा जोडिएँ। बायोपिक बनाउनु आफैंमा गाह्रो काम हो, तर भारतीय सिनेमाका पिताको बारेमा कल्पना गर्नु अझ चुनौतीपूर्ण छ। टोली यसका लागि तयार र तयारी अवस्थामा छ। म धेरै गर्वका साथ ‘मेड इन इन्डिया’ प्रस्तुत गर्दैछु।’
प्रकाशित मितिः २०८० असोज ०२ मंगलबार
Comments