काठमाडौं । हास्य कलाकार सागर लम्साल (बले) र यमुना रसालको अभिनय रहेको म्युजिक भिडियो ‘बैंश दिन नमिल्ने सापटी’ सार्वजनिक भएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।
यज्ञ बिक र अस्मिता अधिकारीको स्वर रहेको गीतमा नेत्र अर्यालका शब्द छन् । गायक यज्ञकै संगीत रहेको गीतमा सुनिल परियारको संगीतको एरेन्ज रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक काजिश श्रेष्ठले गरेका हुन् ।
चितवनका बिभिन्न स्थानमा छायांकन भएको भिडियो कलाकारलाई थारु समुदायको गेटअपमा उतारिएको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियो दीपक बिष्टले सम्पादन गरेका हुन् ।
प्रकाशित मितिः २०७९ असार ०२ बिहिबार
Comments