काठमाडौं । र्याप संगीत विधाका उदाउँदा नेपाली र्यापर शशी मण्डलले नयाँ र्याप गीत सार्वजनिक गरेका छन्। उनको र्याप गीत ‘भोट फर बालेन’ सार्वजनिक भएको हो। र्यापर बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि शशिले उनको समर्थनमा गीत बनाएका हुन्।
झापाका शशी मण्डल ‘नेपहपको श्रीपेच’ कार्यक्रमबाट चर्चामा आएका हुन्। अडिसनमा चर्चित र्यापर यम बुद्धलाई समर्पित गरेर र्याप हानेपछि शशिको चर्चा चुलिएको थियो।
प्रकाशित मितिः २०७९ बैशाख २१ बुधबार
Comments