काठमाडौं । रोबर्ट प्याटिन्सन स्टारर सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ नेपाली बक्स अफिसमा कोरोना महामारीयताकै दोस्रो सर्वाधिक कमाउने हलिउड फिल्म बनेको छ ।
वार्नर ब्रोज स्टुडियोको फिल्मले तेस्रो सप्ताहन्तसम्म १ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । यसअघि सोनीको ‘स्पाइडरम्यानस् नो वे होम’ले नेपालमा झण्डै ६ करोडको लाइफटाइम कलेक्सन गरेको थियो ।
‘द ब्याटम्यान’ले उत्तर अमेरिकी बक्स अफिसमा चाहिं पहिलो सप्ताहन्त ३६.८ मिलियन डलरको ओपनिङ गरेको छ भने चीनमा ११.८ मिलियन डलरको ओपनिङ गरेको छ ।
नेपालमा चाहिं ब्याटम्यानको यो कमाइलाई लाइफटाइम कलेक्सन मान्न सकिन्छ भने किनभने आगामी सातादेखि मल्टिप्लेक्सले यसलाई हटाउने तयारी गरिरहेका छन् ।
कोरोनाको तेस्रो लहर सकिनेबित्तिकै रिलिज भएको सोनीको सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’ले नेपाली बक्स अफिसमा उछाल ओपनिङ गरेको थियो । महामारीले प्रभावित बक्स अफिसलाई चलायमान बनाउन फिल्मले योगदान दिएको थियो ।
अहिले नेपाली बक्स अफिसमा बलिउड फिल्म ‘द कश्मीर फाइल्स’को दबदबा छ । विवेक अग्निहोत्री निर्देशित यो बलिउड फिल्मले ब्याटम्यान, बच्चन पाण्डे, चिसो एस्ट्रे, गंगुबाई कठियावाडी लगायतका फिल्मलाई चुनौती दिइरहेको छ ।
प्रकाशित मितिः २०७८ चैत ०७ सोमबार
Comments