काठमाडौं । नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भूपेन्द्र थापा मगर भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चौंथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भूपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन्।
उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साँझ भएको ग्राण्ड फिनालेमा थापा चौंथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सकेका हुन्। थापा ३० लाख रुपैयाँ नगद र ट्रफीसहित विभिन्न स्पोन्सरबाट पुरस्कृत भएका छन्। थापा टप पाँचमा परेपछि गत साता भोटको अपिलका लागि भैरहवा पुगेका थिए।
भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन्। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन्। झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौंथो र पाँचौं भए ।
प्रकाशित मितिः २०७८ चैत ०६ आइतबार
Comments