काठमाडौं । हलिउड एक्टर स्यान्ड्रा बुलोक अभिनित नयाँ फिल्म आउँदैछ। उनी सो फिल्मको प्रोमोसनमा व्यस्त छिन्। तर, उनले अभिनयबाट केही समय टाढा हुने योजनाबारे पनि बताएकी छिन्।
च्यानिङ ट्याटम र ब्राड पिट कोस्टार रहेको उनको फिल्म ‘लस्ट सिटी’को प्रचारका क्रममा बुलोकले इन्टरटेनमेन्ट टुनाइटसँग उनी कति लामो ब्रेक लिने भन्नेबारे निश्चित नभएको बताएकी छिन्।
तर, उनले ‘सबैभन्दा खुशी बनाउने स्थानमा’ आफूलाई राख्न चाहेको बताएकी छिन्। ‘म काममा हुँदा मेरो कामलाई धेरै गम्भीरताका साथ लिन्छु’, उनले भनिन्, ‘र, म मेरा बच्चाहरु र मेरो परिवारसँग २४सै घण्टा रहन चाहन्छु।’
‘केही समयको लागि म त्यहीँ हुनेछु,’ उनले थपिन्। बुलोक १२ वर्षीया लुइस र १० वर्षीया लैलाकी आमा हुन्। ‘लस्ट सिटी’ मार्च २५ मा रिलिज हुँदै छ। एजेन्सी
प्रकाशित मितिः २०७८ चैत ०२ बुधबार
Comments