एजेन्सी २६ चैत । पूर्व क्रिकेटर तथा पंजाबका नवनियुक्त स्थानीय विकाशमन्त्री नवजोतसिंह सिद्धुकी श्रीमती नवजोत कौरले आफ्नो श्रीमानविरुद्ध उच्च न्यायालयमा परेको मुद्धालाई लिएर असन्तोष व्यक्त गरेकी छिन्।
उनले आफ्नो श्रीमानलाई इमान्दार भएर बाच्न नदिन प्रपञ्च रचिएको र यसैको अभियानअनुरुप अदालतमा मुद्धा दर्ता भएको आरोप लगाएकी छिन्। गत महिना पंजाबमा भएको निर्वाचनमा भारतीय कंग्रेसले चुनाव जितेपछि सिद्धु मन्त्री भएका थिए। यसअघि उनी कपिल शर्माको शोमा काम गर्थे। यस्तै, आइपिएलमा पनि उनको सलंग्नता थियो। उनले मन्त्री नियुक्त भएपछि पनि रियालिटी शोमा काम गर्ने घोषणा गरेका थिए। यस विषयमा विवाद चुलिएपछि सरकारले काममा बाधा नपुग्ने गरि शोमा काम गर्न अनुमति दिएको थियो।
तर, यसविरुद्ध उच्च अदालतमा हालै मुद्धा दर्ता भएको छ। कौरले आफ्नो श्रीमानविरुद्ध मुद्धा परेपछि प्रतिक्रिया दिँदै भनिन्,‘पंजावलाई लुटियोँ। जमिनमाथि कब्जा भयो तर कसैले ती व्यक्तिविरुद्ध मुद्धा हालेननँ। फेरि इमान्दार व्यक्तिकै पछाडि किन सबै लागेका होलानँ?
सिद्धु परिवारले सरकारबाट पाउने भत्ताले आफ्नो घर नचल्ने स्पष्ट पारिसकेको छ। टिवी शो र कमेन्ट्रीबाट कमाएको पैसाबाहेक आफ्नो अन्य व्यवसाय नभएको पनि कौरले जानकारी गराइन्।
कौरले केही राजनेताले ३ देखि ४ सय करोडको व्यापार गरिरहेको, कोही जमिनको व्यवसायमा सक्रिय रहेको र कोही रक्सीको ठेक्का चलाइरहेको अवस्थामा आफ्नो श्रीमानलाई काम गर्न नदिनु अन्याय हुने बताउँछिन्। उनले राज्य सभाका केही सासंदहरु चलचित्रमा अभियन गरिरहेको अवस्थामा आफ्नो श्रीमानलाई लियालिटी शोमा काम गर्न नदिनु आश्चर्यजनक भएको बताइन्।
Comments