काठमाडौं । नेपाल भाषाको ‘धाये मफुत’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बीच गीतको भिडियो रिलिज गरिएको हो।
दीपक नेपालीले लेखेको गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ। दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए। साथै, गीतमा अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर सुन्न सकिन्छ।
गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडलहरुले अभिनय गरेका छन्। मोडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा बेजोड नृत्य गरेका छन्। उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन्।
ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा बनेको भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन्। निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोगमा उत्कृष्ट काम भएको बताए।
अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ। ट्रि इन्टरटेन्मेन्टले फिल्म ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण गरिसकेको छ।
प्रकाशित मितिः २०७८ मंसिर २४ शुक्रबार
Comments