काठमाडौं । कोरोना भाइरस संक्रमित भारतका पूर्व राष्ट्रिय क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । सचिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफू अस्पताल भर्ना भएको शुक्रबार बिहान जानकारी गराएका हुन् ।
आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै उनले आफू चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना भएको र केही दिनमै निको भएर घर फर्कने आशा व्यक्त गरेका छन्।
सचिनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबैलाई हार्दिक धन्यवाद’, उनले ट्वीटरमा लेखेका छन् ।
४७ वर्षीय सचिनलाई शनिबार कोरोना संक्रमण भएको थियो । कोरोनाका सामान्य लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि उनी होम आइसोलेसनमै थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २० शुक्रबार
Comments