काठमाडौँ । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा स्पेन बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा स्पेन ग्रिससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो । खेलको ३३ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा अनास्टासिओस बाकासेटासले पेनाल्टीमा गोल गर्दै ग्रिसलाई हारबाट जोगाए । यस बराबरीसँगै समूह बी को स्पेन र ग्रिसले एक एक अंक जोडेका छन् ।
यसै समूहको अर्को खेलमा स्विडेनले जर्जियालाई १-० ले हराएको छ । स्विडेनको जितमा भिक्टर क्लासनले निर्णायक गोल गरे ।
भिक्टरले भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचको पासमा गोल गरेका हुन् । जितसँगै स्विडेनले पहिलो खेलमै ३ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १३ शुक्रबार
Comments