काठमाडौं । स्पेनिश क्लब रियल मड्रिडबाट लोनमा टोटेनह्याम गएका गेरेथ बेलले जुनमा आफ्नो सम्झौता सकिएपछि मड्रिड नै फर्कन चाहेको बताएका छन् ।
बेल र रियल मड्रिडको सम्झौता २०२२ सम्मका लागि रहेको छ । उनले यस सिजन टोटेनह्यामका लागि २५ खेल खेलेका जसमा उनले १० गोलका साथै २ एसिस्ट प्रदान गरेका छन् । तर पनि उनी जोसे मोरिन्होको टिममा नियमित रुपमा पर्न असफल रहेका छन् ।
‘मेरो योजना भनेको स्पुअर्समा राम्रो सिजन बिताउनु हो र युरोकपपछि म रियल मड्रिड फर्कन चहान्छु’ बेलले भने ।
‘गत वर्षहरुमा म इन्ज्युरीको मारमा परेको थिए तर अहिले म पुर्ण रुपमा तयार छु र त्यहाँ जान तयार छु,जब क्लबमा सोचेका कुराहरु हुँदैनन् तब म धेरै कुराहरु सोच्ने गर्छु तर अहिले हामीले खेल्नुपर्ने धेरै महत्वपुर्ण खेलहरु छन् र मेरो ध्यान त्यसैमा केन्द्रित छ । ’
प्रकाशित मितिः २०७७ चैत्र ११ बुधबार
Comments