काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणपछि घरमै सेल्फ आईसोलेसनमा रहेका सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका हुन् ।
शुक्रबार सन्दीप नेपाली टिमको बन्द प्रशिक्षणमा सहभागी हुन गरिएको पीसीआरमा उनको नतिजा पोजेटिभ आएको थियो । अस्पताल भर्ना भएका सन्दीप डाक्टरहरुको निगरानीमा रहेका छन् । सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा अष्ट्रेलिया जाने तयारीमा छन् ।
प्रकाशित मितिः २०७७ मंसिर १४ आइतबार
Comments