काठमाडौं । वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयस सहित दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कारबाओ कपको तयारीमा रहेको समय प्रशिक्षक मोयस र क्लबका दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको हो ।
मंगलबार राति भएको खेलमा वेस्ट ह्यामले हल सिटीलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । ५७ बर्षका मोयससंगै डिफेन्डर इसा डियोप र जोस कलनमा संक्रमण देखिएको हो । तीनै जनालाई एकान्तवासमा पठाईएको छ ।
‘सूचना पाए लगत्तै प्रशिक्षक र दुई खेलाडीले स्टेडियम छोडेका थिए । तर घर फर्किएका थिए ।’ क्लबद्धारा बिज्ञप्तीमा भनिएको छ । मोयर घर फर्किएसंगै लण्डन स्टेडियममा सहायक प्रशिक्षक एलन इरविनले हल सिटीबिरुद्धको टिम सम्हालेका थिए ।
‘हामीले एक्कासी जानकारी पायौं । डक्टर र फिजियोल तीन जनामा कोरोना पोेजेटिभ देखिएको भने । जसमा एक प्रशिक्षक र दुई खेलाडी थिए ।’ इरविनले भने । खेल अघि वेस्ट ह्यामले हल सिटीको टिमलाई कोरोना परिक्षणको प्रस्ताव गरेको थियो । तर सिटीले प्रस्तावलाई मानेन ।
क्लबका अनुसार मोयस सहित दुवै खेलाडी करिब १० दिन एकान्तवासमा बस्नेछन् । तीनै जनाले आईतबार प्रिमियर लिगको उल्भ्सबिरुद्ध हुने खेल र कारबाओ कपको चौथो चरणको खेल गुमाउनेछन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ०७ बुधबार
Comments