काठमाडौं । नेसन्स लिग फुटबलमा फ्रान्सले स्विडेनलाई हराएको छ । शनिबार समूह जेको खेलमा फ्रान्सले स्विडेनलाई १–० ले हराएको हो ।
फ्रान्सका जितमा केलियन एम्बाप्पेले ४१ औं मिनेटमा विजयी गोल गरे । पेरिस सेन्ट जर्मेन पीएसजीका २१ बर्षिया फरवार्डले तीन डिफेन्डरलाई बिट गर्दै पोस्टको नजिकैबाटै गोल गरेका थिए ।
सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकाल्यो । उसले क्रोएसियालाई ४–१ ले हरायो । साविक विजेता पोर्चुगलका लागि म्यान्चेष्टर सिटीका डिफेन्डर जोआओ क्यान्सिलो, उल्भ्सका मिडफिल्डर डिओगो जोटा र एटलेटिको मड्रिडका जोआओ फेलिक्सले गोल गर्दै ३–० ले अघि बढाका थिए ।
दोस्रो हाफका ईन्जुरी समयमा स्विडेनका ब्रूनो पेटकोविकले एक गोल फर्काएका थिए । तर खेलको अन्तिम समयमा आन्द्रे सिल्भाले एक गोल गर्दै पोर्चुगललाई ४–१ को शानदार जित दिलाए । समूह जेमा फ्रान्स र पोर्चुगलले जित निकाल्दै समान ३ अंक जोडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २१ आइतबार
Comments