बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबमा धेरै चिज बदल्न आवश्यक रहेको बताएका छन् । बिहिबार राति घरेलु मैदानमा ओसासुनासंग पराजित भएसंगै मेस्सीको सो भनाई बाहिर आएको हो ।
जोन अर्ननिजले पाहुना टोलीलाई अग्रता दिलाएपनि लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । रोबर्टो टोरेसले ओसासुनाका लागि विजयी गोल गरेका थिए ।
२३ गोल गरेका मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता हुन् । लिगमा अझै एक खेल बाँकी छ ।
‘हामीले यसरी अन्त्य हुने आश गरेका थिएनौ । तर यो हाम्रो लागि बर्षभर यस्तै रह्यो ।’ उनले भने ।‘हामी एक कमजोर टिम हौ । जसलाई तिव्रता र उत्साहको साथ हराउन सकिन्छ ।’ मेस्सीले थपे ।‘हामीले धेरै अंक गुमायौ । जो गुमाउनु हुन्थेन, हामी निकै अस्थिर रह्यौ ।’ मेस्सीले भने ।
‘हामी खेलाडी सहित सबै क्लब फेरी सुरुवात गर्न आत्मालोचना गर्न आवश्यक छ । हामी बार्सिलोना हौ, र हामी सबै खेल जित्न बाध्य छौं ।’ उनले भने ।
‘मैले केही समय अघि भनेको थिए, यसरी खेलेर च्याम्पियन्स लिगको उपाधि जित्न सकिने छैन । र यसबाट थाहा हुन्छ कि हामी ला लिगा जित्नका लागि समेत पर्याप्त थिएनौ ।’ मेस्सीले भने ।
‘हामीलाई एक सास लिन जरुरी छ । डिसेम्बरबाट अहिलेसम्म जे भएको छ, हावा भित्र लिन आवश्यक छ । र दिमागलाई सफा गर्न आवश्यक छ ।’ उनले सुझाए ।
पछिल्लो तीन सिजनमा रियलले पहिलो पटक स्पेनिस लिगको उपाधि जितेको छ । अब बार्सिलोनाका लािग च्याम्पियन्स लिगको उपाधिमात्र बाँकी छ । बार्सिलोनाले अगष्ट ८ मा नापोलीलाई अन्तिम १६ को दोस्रो लेगमा घरेलु मैदानमा आमन्त्रण गर्दैछ । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०२ शुक्रबार
Comments