काठमाडौं । एटलान्टाले सिरि ए फुटबलको शीर्ष तीनमा दाबी पेश गरेको छ । बिहिबार राति नापोलीलाई घरेलु मैदानमा २–० ले हराउँदै एटलान्टाले शीर्ष तीनको दौडमा आफुलाई प्रस्तुत गरेको हो ।
जिततसंगै चौथो स्थानको एटलान्टाले ६० अंक जोडेको छ । उसले तेस्रो स्थानको ईन्टर मिलानसंगको दुरी ४ अंकमा झारेको छ । नापोली ४५ अंक सहित छैटौ स्थानमा छ ।
एटलान्टाले यस सिजन लिगमा कीर्तिमानी ८२ गोल पुरा गर्यो । उसले सिरि एमा लगातार ७ खेलमा जित निकाल्न समेत सफल रह्यो ।
अर्को खेलमा यूडिनीजले च्याम्पियन्स लिगको दौडमा रहेको रोमामाथि २–० को रोमाञ्चक जित दर्ता गर्यो ।
रोमाको घरेलु मैदानमा यूडिनीजका लागि केविन लसग्ना र ईलिजा लेस्टरोवस्कीले गोल गरे । लसग्नाले १२ औं मिनेटमा यूडिनीजलाई खेलमा अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा लेस्टरोवस्कीले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरेका थिए ।
जितसंगै रेलिगेशनको दबाब खेपिरहेको यूडिनीजले ३१ अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ । रोमा ४८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १९ शुक्रबार
Comments