काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्ने भएको छ । दिल्ली र राजस्थानबीचको खेल दिल्लीमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
जारी आईपीएलमा राजस्थानले १० मध्ये ८ खेलमा जित हात पारेको छ भने दिल्लीले ११ मध्ये ५ खेल जितेको छ । २ खेलमा पराजय भोगेको राजस्थान १६ अंकसहित दोस्रो स्थानमा छ ।
शीर्ष स्थानको कलकता नाइट राइडर्सले ११ खेलबाट १६ अंक जोड्नुका साथै नेट रनरेटमा भने राजस्थान भन्दा माथि छ । यता ६ खेलमा पराजय भोगेको दिल्ली भने १० अंकसहित छैटौं स्थानमा छ ।
प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार
Comments