काठमाडौं । क्योकुसिन कराँते तथा उसुका अन्तराष्ट्रिय नेपाली खेलाडी बिरमान लामावाइबाको निधन भएको छ ।
शनिबार मलामीबाट फर्केपछि आरामका लागि सुतेका उनी आइतबार बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका हुन् । काभ्रेस्थित आफ्नै घरमा लामाको मृत्यु के कारणले भयो भन्नेबारे थप विवरण भने आउन बाँकी छ ।
विगत दुई दशकयता नेपाली खेलकुदमा आबद्ध थिए । उनी एक दशकसम्म नेपालका राष्ट्रिय विजेतासमेत रहेका थिए ।लामा दुई वर्ष अघि इन्डोनेसियामा सम्पन्न एसियाडमा पनि सहभागी भएका थिए । लामा क्योकुसिन कराँतेका राष्ट्रिय च्याम्पियन पनि थिए ।
प्रकाशित मितिः २०७७ असार १४ आइतबार
Comments